बरिष्ठ पर्यटन व्यवसायी शेर्पा र गिरी सम्मानित


सन्तोष राउत/सोलुखुम्बु । विगत लामो समयदेखि पर्यटन व्यवसाय गर्दै आउनुभएका सोलुखुम्बुको पर्यटकीय क्षेत्र लुक्लाका चुङ्बा शर्पा सहित दुई जना सम्मानित हुनुभएको छ । लुक्लाको परिचित खुम्बु रिसोर्टका सञ्चालक समेत रहनुभएका शेर्पालाई फ्रेण्डसीप युथ क्लब सोलुखुम्बुले सम्मान गरेको हो ।

खुम्बु क्षेत्रमा बरिष्ठ समाजसेवीको रुपमा समेत काम गरिरहनुभएका शेर्पालाई सोलुखुम्बुको पर्यटन क्षेत्रको विकास तथा क्लब मार्फत जिल्लाका विभिन्न युवा प्रतिभाहरुलाई अगाडी बढाउने विभिन्न कार्यक्रममा आर्थिक तथा अन्य सहयोग गरेको भन्दै सम्मान गरिएको क्लबका सदस्य नाम्गेल शेर्पाले बताउनुभयो ।

शेर्पाले समाज विकासमा आर्थिक, भौतिक तथा सबै किसिमले सहयोग गरेकाले सम्मान गरिएको बताइएको छ । विशेषगरी भर्खरै सम्पन्न सोलुखुम्बु गायन स्टार २ को आयोजनादेखि फाइनलसम्म धेरै ठूलो सहयोग गरेको क्लबका विजय तामाङले जानकारी दिनुभयो ।

त्यस्तै, अर्का पर्यटनको क्षेत्रमा कलम चलाउने हिमाल गिरीलाई पनि सम्मान गरिएको छ । गिरीले जिल्लाको पर्यटकीय क्षेत्रको चिनारी गराउने काममा धेरै पुस्तक लेख्नुभएको छ । उहाँले क्लबलाई अगाडी बढाउन सुरुका दिनदेखिनै सकरात्मक भूमिका निर्वाह गर्दै उहाँकै सहयोगमा बनेको संस्थाको विधानअनुसार क्लबका गतिविधि सञ्चालनमा मद्दत पुगेको भन्दै सम्मान गरिएको सदस्य शेर्पाले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार