ससफो नेपाल सोलुखुम्बु-काठमाडौं सम्पर्क समिति गठन

काठमाडौं । संघीय समाजवादी फोरम नेपालअन्तर्गत सोलुखुम्बु-काठमाडौं सम्पर्क समिति गठन गरिएको छ ।

शनिबार काठमाडौंको बौद्ध टुसालमा आयोजित एक कार्यक्रममा लामा पासाङ शेर्पाको अध्यक्षतामा ११ सदस्यीय सम्पर्क समिति गठन गरिएको हो ।

शेर्पा प्रदेश समितिका अध्यक्ष लाक्पा शेर्पाको पहलमा सम्पर्क समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा प्रश्न खालिङ र आङ माया शेर्पा छन् भने सचिवमा उत्राबहादुर राई, सहसचिवमा लाक्पा सोनाम शेर्पा र कोषाध्यक्षमा ङवाङ दावा शेर्पा रहेका छन् ।
समितिको सदस्यहरुमा रिञ्जी शेर्पा, हिरा खालिङ, प्रभात खालिङ र छिरी शेर्पा छन् ।

निर्विकल्प शक्ति ससफो
कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष रकम चेम्जोङले पहिचान र अधिकारको आन्दोलनमा ससफो निर्विकल्प शक्ति बनेको बताए ।

विगतमा पनि पहिचानको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको ससफोलाई मुलुकको पछिल्लो समयको राजनीतिक परिस्थितिले अझ बढी दायित्व थपिदिएको उनले बताए ।

शेर्पा प्रदेश समितिको अध्यक्ष लाक्पा शेर्पाले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनले ससफोलाई संगठन मजबुद बनाउने म्याण्डेड दिएकाले अहिलेदेखि नै संगठन निर्माण तथा विस्तारमा लाग्नुपर्ने बताए ।

आगामी निर्वाचनका लागि अहिलेदेखि नै संगठन निर्माण तथा विस्तार कार्य तीव्र गतिमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । पार्टीको संगठन निर्माणका लागि शीर्ष नेताहरु नै गाउँगाउँमा पुग्नुपर्ने उनले बताए ।

कार्यक्रममा आङडेण्डी शेर्पा, भूपेन्द्र नेम्वाङ, वाङदी लामा, नेफेसो संयोजक पिजी शेर्पालगायत नेताहरुको सहभागिता रहेको थियो । source : www.sarbajanik.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार