आगलागीबाट साढे आठ लाखको क्षति


सोलुखुम्बु । सोलखम्बको थुलुङ दुधकोशी गाउँपालिका–९, लोखिममा गणेश राईको घरमा आगलागी हुँदा साढे आठ लाख रुपियाँ बराबरको क्षति भएको छ ।

 

शनिबार अपरान्ह भएको आगलागीबाट घरमा भएका नगद, जिन्सी तथा अन्न केही पनि निकाल्न नपाउँदा पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो ।

राईका दाजु प्रेमकुमार राईको तीन वर्षिय छोरा अर्पण राईले लाइटर खेलाउने क्रममा आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीय तथा प्रहरीको सक्रियतामा आगलागी नियन्त्रण गरिएको प्रहरीको भनाइ छ । पीडित परिवारका सदस्य छिमेकीकोमा शरण लिएर बसेका छन् ।

यसैबिच सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको तोजिङमा रहेको चुकिदम सामूदायिक वनमा पनि आगलागी भएको छ । नेपाली सेना, शसस्त्र प्रहरी र जनपद प्रहरीको सक्रियतामा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार