अन्तिम टुङ्गो लाग्यो तिङ्लाको समस्या


सोलुखुम्बु । पुनर्रसंरचनाप्रति असहमति जनाउँदै लामो समयदेखि आन्दोलनमा गर्दै स्थानीय तह तथा प्रतिनिधि र प्रदेस सभा निर्वाचन बहिष्कार गरेका सोलुखुम्बु तिङलाबासीको समस्याको अन्तिम टुङ्गो लागेको छ ।

देउवा सरकारको मन्त्री परिषदको बैठकले माग ११ गते राती जनताको मागअनुसार तिङलालाई सोलुदुधकुण्ड नगरपालिकामा समाहित गर्ने गरी गरेको निर्णयलाई सोमबार राजपत्रमा प्रकाशन गरे यसको अन्तिम समाधान भएको हो ।

साबिक तिङलालाई नेचासल्यान गाउँपालिका ६ लाई सोलुदुधकुण्ड नगरपालिकामा वडा नं. ११ का रुपमा समाहित गरेको छ । सर्घष समिति काठमाण्डौँका संयोजक गोम्बु शेर्पाले गत लामो समयदेखि आन्दोलन गर्दा हालसम्म सरकारले आश्वासन मात्रै दिएको भएपनि ढिलै भएपनि माग पूरा भएकोमा धेरै खुशी भएको बताउनुभयो।

यस निर्णयले यसअघिको संरचनामा भएको प्रशासनिक दुर्गमता, भौगोलिक प्रतिकूलतालगायत सबै समस्याको समाधान भएको स्थानीय बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार