सोलुखुम्बु। नेपाल शिक्षक महासंघ सोलुखुम्बुको प्रथम जिल्ला, गाउँ तथा नगर अधिवेशन सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा शुक्रबार शुरु भएको छ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष केशव निरौलाको प्रमुख आतिथ्यतामा शुरु भएको अधिवेशन दुई दिनसम्म चल्ने आयोजकले जनाएको छ ।
पाँच वटा शिक्षक संगठन सहभागी हुने अधिवेशनमा करिब एक हजार पाँच सय शिक्षकको उपस्थिति रहने नेपाल शिक्षक महासंघ सोलुखुम्बुको तदर्थ समितिका सदस्य चक्र बहादुर बस्नेतले जानकारी दिनुभयो।