पहिलो पटक लोक गीत गायन प्रतियोगिता


सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुमा पहिलो पटक लोक गीत गायन प्रतियोगिता हुँदैछ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सोलुखुम्बुको आयोजनामा फागुन २७ गते लोक गीत गायन प्रतियोगीता हुन लागेको हो । प्रतियोगितामा जिल्लाभित्रका कलाकारले भाग लिन पाउनेछन् ।

मोफसलमा लुकेर रहेका लोक प्रतिभालाई उजागर गर्नका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष शिखर गजरकोटेले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद १० हजार रुपियाँका साथमा एउटा लोक गीत रेर्कडिङको अवसर दिने, सात हजार र पाँच हजारको साथमा प्रमाणपत्र प्राप्त गरिनेछ ।

कार्यक्रममा गीतकार रमेश विजी, गायक शिव हमाल र धर्मराज पोख्रेल सहित जिल्लाका दर्जनौँ कलाकर्मीको प्रस्तुती रहनेछन् । प्रतियोगिताका उत्कृष्ट दुई जना प्रदेशस्तरीय लोक गीत गायन प्रतियोगितामा सहभागी हुने अवसर समेत पाउने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार