सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ गुदेलमामा शुक्रबार अपरान्ह परेको चट्याङ् लागेर एक जनाको घटनास्थलमा मृत्यू भएको छ । चट्याङ् लागेर एक जना गम्भिर घाइते भएका छन् भने गाउँभरीका दर्जनौँ स्थानीय सामान्य घाइते भएका छन् ।
करिब साँढे चार बजे असिना पानीसँगै अचानक परेको चट्याङ्का कारण स्थानीय रिजामोली कुलुङको मृत्यू भएको हो । चट्याङ् लागेर स्थानीय शान्ति कुलुङ गम्भिर घाइते हुनुभएको छ । घटनास्थलमा गए राती करिब ११ बजे छेस्काम प्रहरी चौकीबाट प्रहरी टोली पुगेको छ भने इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी पुगेपछि मृतकको मुचुल्का गर्ने तयारी भइरहेको स्थानीय तारा कुलुङले जानकारी दिनुभयो ।
गाउँमा सञ्चालित माइक्रो हाइड्रो पावरको तारमा चट्याङ् परेको अनुमान गरिएको छ । चट्याङ्ले गाउँभरीमा विद्युतीय सामग्री जलाएको छ । विद्युतमा चट्याङ् परेकाले घरमा रहेको धेरै मानिसलाई चट्याङ्को झट्काले भेटेर सामान्य घाइते भएको कुलुङले बताउनुभयो ।