लोक गायन प्रतियोगितामा विमला प्रथम


सन्तोष राउत/सोलुखुम्बु। सोलुखुम्बुमा पहिलो पटक आयोजित जिल्ला व्यापी लोक गीत गायन प्रतियोगितामा जुबकी विमला राई प्रथम हुनुभएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सोलुखुम्बुको आयोजनामा गरिएको प्रतियोगितामा प्रथम हुँदै राईले नगद दस हजारको साथमा एउटा पुर्वेली लोक गीत रेर्कडिङको अवसर पाउनुभएको छ ।
गीत रेर्कडिङको जिम्मा पुर्वेली जुनतारा म्यूजिक प्रालिले लिएको छ । प्रतियोगितामा सल्यानका ललित दोस्रो हुनुभएको छ भने केरुङका राजेश बराईली तेस्रो र सल्यानका भगवतीप्रसाद निरौला चौथो हुनुभएको छ । उहाँहरुले क्रमशः नगद सात हजार, पाँच हजार र दुई हजार पाँच सय रुपियाँ पाउनुभएको छ । मोफसलमा लुकेर रहेका लोक प्रतिभालाई उजागर गर्नका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष शिखर गजरकोटेले बताउनुभयो ।
प्रथम र दोस्रो हुनेले प्रदेसस्तरीय लोक गीत गायन प्रतियोगीतामा सहभागिता जनाउन पाउने भएका छन् । प्रतिष्ठान केन्द्रका मानार्थ सदस्य धर्मराज पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विजी, केन्द्रिय सदस्य शिव हमाल, गायक तथा बाद्यबाधक दिपेन्द्र सिटौलाको उपस्थितीमा छनोट गरिएको होे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार