सहिद कुसुम स्मृति प्रतिष्ठान नेपालको आयोजनामा “प्रतिष्ठान परिचयात्मक तथा भित्ते पात्रो सार्वजनिक कार्यक्रम ” सोलुखुम्बुको नेचामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार तथा प्रतिनिधिसभा सदस्य हेमकुमार राईले प्रमुख अतिथिको आसनबाट बोल्दै प्रतिष्ठानले जिल्लाभर नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने कार्यक्रमहरु ल्याएमा आफू सधैं साथ दिन तयार रहेको बताउनु भयो।
यस प्रतिष्ठानले शुरूवात मै हलसहितको सहिद स्मृति भवन निर्माण शुरु गरेकाले सोलुखुम्बुले महत्वपूर्ण सम्पत्ति प्राप्त गरेको सांसद राईले बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष लोकेन्द्रबहादुर राउतले प्रतिष्ठानलाई प्रत्यक्ष अप्रत्यक्ष साथ सहयोग पुर्याउनु हुने सम्पुर्ण महानुभावहरुलाई आभार प्रकट गर्दै प्रतिष्ठानको सर्वाङ्गिण विकासका लागि थप सहयोग गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा विभिन्न गाउँपालिकाका अध्यक्षहरु, कर्मचारी, प्रतिष्ठानका सल्लाहकारहरु, वडा अध्यक्षहरु, दलका नेताहरु लगायत विशिष्ट व्यक्तिहरुको आतिथ्यतामा सम्पन्न भएको हो।