नेपाल ट्रेड यूनियन काँग्रेस सोलुखुम्बुको अध्यक्षमा राई


सोलुखुम्बु । नेपाल ट्रेड  यूनियन काँग्रेस सोलुखुम्बुको अध्यक्षमा उत्रमान राई निर्विरोध निर्वाचित हुनभएको छ । बुधबार सल्लेरीमा भएको दोस्रो जिल्ला अधिवेसनले राईको अध्यक्षतामा १८ सदस्सीय जिल्ला कार्य समिति चयन भएको हो ।

अधिवेसनबाट उपाध्यक्षहरुमा खुलातर्फ दाली शेर्पा, सेवा क्षेत्रबाट भावना फूयाल, अनौपचारिक क्षेत्रबाट भोगेन्द्र खनाल, महिलाबाट रमिला बस्नेत, सचिवमा बुद्धिबहादुर मगर, कोषाध्यक्षमा विना राई निर्विरोध निर्वाचित हुनुभएको छ । केन्द्रिय प्रतिनिधिमा सन्तोषकुमार राउत र शारदामाया तामाङ चयन हुनभएको छ भने क्षेत्रीय प्रतिनिधिमा श्यामकुमार कठेत, टङ्कीमाया बस्नेत र ज्ञानु बस्नेत चयन हुनुभएको छ ।

कार्यक्रममा नेपाली काँग्रेस सोलुखुम्बुका सभापति विनोदकुमार बस्नेतले प्रमुख अतिथिको रुपमा बोल्दै यूनियन बलियो भयो भने काँग्रेस बलियो हुने बताउनुभयो । काँग्रेसमा धेरै समस्या भएपनि समस्या देखाएर कोही पन्छिन नमिल्ने भन्दै सबैले एकजुट भएर लाग्नुपर्ने धारण राख्नुभयो ।
सोही अवसरमा सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले विशिष्ट अतिथिको रुपमा बोल्दै लोकतान्त्रिक श्रमिकहरुको संगठन नेपाल ट्रेड  यूनियन काँग्रेसले श्रमिकहरुको हितमा काम गर्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेसमा अनुशासन तथा पद्धतिको खाँचो रहेको भन्दै पहिला पार्टीभित्रको लोकतन्त्र बलियो बनाउनु पर्ने उहाँको जोड थियो ।

कार्यक्रममा काँग्रेस सोलुका महासमिति सदस्य जयप्रसाद राई, महिला संघ सोलुखुम्बुकी अध्यक्ष छिण्डील्हमू शेर्पा, नेपाल शिक्षक संघ सोलुका कार्यबाहक अध्यक्ष राजेन्द्रकुमार बस्नेत, महिला नेतृ टंकीमाया बस्नेत तथा ट्रेड  यूनियन काँग्रेस सोलुखुम्बुमा आवद्ध संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिती रहेको थियो ।

नव निर्वाचित अध्यक्ष राईले सोलुखुम्बुमा हालसम्म श्रमिकहरुको हितमा कसैले सकरात्मक काम नगरेको भन्दै सबै श्रमिकहरुको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अगामी कार्यकालमा देखिने खालका काम गर्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार