थाइल्याण्डका स्वास्थ्य र शिक्षामन्त्रीसँग उपेन्द्र यादवकाे भेटघाट

काठमाडौं- उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले थाइल्याण्डका स्वास्थ्यमन्त्री र शिक्षामन्त्रीसँग भेटघाट गर्नुभएको छ । तीनदिने थाइल्याण्ड भ्रमणका क्रममा उहाँले थाल्याण्डका स्वास्थ्यमन्त्री पियसाकोल साकोल्सातयादन र शिक्षामन्त्री अदम काचिन्तोनसँग भेटघाट गर्नुभएको हो ।

भेटघाटको क्रममा दुई देशबीचको सम्बन्ध र सहकार्यका विषयमा कुराकानी भएको मन्त्री यादवको सचिवालयका प्रमुख अधिृकत लाक्पा शेर्पाले बताउनुभयो  ।

थाइल्याण्डको स्वास्थ्य मन्त्रालयमा भएको भेटघाटमा यादवले नेपाल र थाइल्याण्डबीचको सम्बन्धमा राजा जनक, लुम्बिनी र भगवान गौतम बुद्धको प्रसंग निकाल्नु भएको थियो ।

थाइल्याण्डका स्वास्थ्यमन्त्रीले भन्नुभयो, नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न आफूहरु तयार रहेका छौँ।
यसैगरी त्यहाँका शिक्षामन्त्रीले नेपालका रहेक विश्वविद्यालयलाई हरेक विषयमा सहयोग गर्न तयार रहेको बताउनु भयो । बरु दुवै देशले संयुक्त सहकार्य कहिलेदेखि गर्ने हो चाडै मिति तोक्नुपर्ने उहाँको भनाइ छ।

यादवले थाइल्याण्डको महिडोल विश्वविद्यालयका डीन तथा फेकल्टी मेम्बरहरुसँग छुट्टाछुट्टै भेटघाट गरेको यादवका सचिवालय प्रमुख शेर्पाले जानकारी दिनुभयो । यादव भोलि ११ गते नेपाल फर्कने कार्यक्रम छ । source : www.sarbajanik.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार