नेकपाले सांगाठनिक एकिकरणको टुंगो आज लागाउने

काठमाडौं २४ साउन । नेपाल कम्यनिष्ट पार्टीको सांगाठनिक एकिकरणको टुंगो आज लागाउने भएको छ । जेठ ३ मा तत्कालिन एमाले र माओबादी बिच पार्टी एकता पश्चात बनेको नेकपाको केन्द्र, बाहेक प्रदेश, जिल्ला स्थानिय तहमा जनबर्गिय संगठनको एकिकरण हुन बाँकीनै छ ।

हिजो बसेको पार्टी सचिवालय बैठकले सांगाठानिक एकिकरण समबन्धी आज निर्णय लिने सहमती गरेको थियो । बैठकमा प्रधानमन्त्री एवंम पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको अन्तर्रा्ष्ट्रिय सम्बन्ध र समसामयिक स्थितिबारे जानकारी गराउनु भएको थियो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीको प्रदेश, जिल्ला र जनसंगठनस्तरका एकताका लागि तयारीबारे छलफल भए पनि बैठक पुनः आज बस्ने गरी सकिएको थियो । बिधान अनुसार भदौ ५ सम्ममा संगठन एकिकरणको काम सक्नु पर्ने छ । त्यसैले पनि पार्टीले तल्लो तहको एकिकरणमा ध्यान केन्द्रित गरेको छ ।

जेठ १६ गते दुइ अध्यक्षले सर्कुलयर जारी गर्दै १५ दिन भित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए । यसअघि जेठ १६ गते जारी गरिएको सर्कुलरमा १५ दिनभित्र एकिकरणको प्रतिवेदन बुझाउन भनिएको थियो । Radio NRN

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार