गायक भरत लिमेल मगरको दोश्रो एल्बम ‘मनको कुरा’ मा समावेश भएको ‘साहारको बढायो हात’ भन्ने बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
श्रावण २५ गते कपनस्थित गाउँले इन्टरटेनमेन्टको कार्यालयबाट औपचारिक रुपमा भिडियो सार्वजनिक गरिएको गाउँले इन्टरटेनमेन्टका बलबहादुर खालिङले जानकारी दिनुभयो । दिनेश सुबेदीको शब्द तथा मिलन तिमल्सिनाको सङ्गीत रहेको उक्त भिडियोमा छिरिङ लामा र भावना गुरुङको अभिनय रहेको छ ।
स्वरमा भरत लिमेल मगरलाई सृजना भट्टराईले साथ दिनु भएको छ । गाउँले इन्टरटेनमेन्टको ब्यानरमा निर्मित उक्त भिडियोमा देबराज गुरुङले निर्देशन गर्नुभएको छ भने छायाङ्क र सम्पादन गंगाराम राईले गर्नुभएको छ ।