रक्तदान तथा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न


उमेश खत्री/ललितपुर । ललितपुर सानेपामा रहेको ‘अलोकी केयर होम एण्ड रिह्याबिलिटेसन सेन्टर’ मा रक्तदान तथा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । सेन्टरको उद्घाटनका अवसरमा आयोजना गरिएको ५६ जनाले रक्तदान गरेका थिए भने १३९ जनाको निःशुल्क स्वास्थ्य जाँच गरिएको संस्थाका अध्यक्ष डा. अजय पराजुलीले जानकारी दिनुभयो ।
एक कार्यक्रमको आयोजना गरी भएको सेन्टरको उद्घाटन ललितपुर वडा नं २ का अध्यक्ष राजेशकुमार महर्जनले गर्नु भएको हो ।


उक्त शिविरमा डा. अजय पराजुली (जनरल सर्जन), डा. निमेष पौडेल (जनरल फिजिसियन), डा.सुभाष चन्द्र यादव (जनरल फिजिसियन तथा छातीरोग बिशेषज्ञ), डा. अजय प्रधान (मधुमेह रोग विशेषज्ञ), डा. सन्देश मैनाली (नाक कान तथा घाँटी रोग विशेषज्ञ), डा.कोपिला राई (प्रसुती तथा स्त्रीरोग बिशेषज्ञ), डा.लक्ष्मण सिग्देल तथा डा.सम्पूर्ण महर्जन (हाडजोर्नी तथा नशा रोग विशेषज्ञ), डा.सुमन न्यौपाने र डा.सुयेश कार्की (मेडिकल अधिकृत), राजेन्द्र खत्री (फिजियोथेरापिस्ट) र श्री योगिता सापकोटा (पोषणविद्) द्वारा निःशुल्क स्वास्थ्य जाँच गरी आवश्यक औषधीहरु पनि वितरण गरिएको कार्यक्रम संयोजक तथा संस्थाका प्रबन्धक निर्देशक डा. मोहन भण्डारीले जानकारी दिनुभयो ।


एउटै छत मुनि केयर होम, डे केयर, ओ.पी.डी क्लिनिक, फिजियोथेरापी, फार्मेसी (होम डेलिभरी), प्याथोलोजी ल्याब, होम भिजिटका साथै होम केयर सुबिधा प्रदान गरिरहेको निर्देशक डा. भण्डारीले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार