गायक भरत लिमेल मगरको ‘साहाराको बढायो हात’ बोलको म्युजिक भिडियो सार्वजनिक

गायक भरत लिमेल मगरको दोश्रो एल्बम ‘मनको कुरा’ मा समाबेस भएको ‘साहारको बढायो हात’  भन्ने बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । श्रावण २५ गते कपनस्थित गाउँले इन्टरटेनमेन्टको कार्यलयबाट औपचारिक रुपमा भिडियो सार्वजनिक गरिएको हो ।

दिनेश सुबेदीको शब्द तथा मिलन तिमिल्सिनाको सङ्गित रहेको उक्त भिडियोमा छिरिङ लामा र भावना गुरुङको अभिनय रहेको छ । स्वरमा भरत लिमेल मगरलाई सृजना भट्टराईले साथ दिनु भएको छ।

गाउँले इन्टरटेनमेन्टको ब्यानरमा निर्मित उक्त भिडियोमा देबराज गुरुङले निर्देशन गर्नुभएको छ  भने छाँयाङ्कन र सम्पादन गंगाराम राईले गर्नुभएको गाउँले इन्टरटेनमेन्टका बलबहादुर खालिङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार