राईको ‘याद यति बल्झिन्नथ्यो….’ गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं । महेन्द्रदीप राईको शब्द रचनामा रहेको ‘याद यत्ती बल्झिन्नथ्यो……, ’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच राईको गीतलाई हाईलाईट्स म्यूजिकको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भर्सटायल गायकका छवि बनाएका गायक राजेशपायल राईको स्वरमा रहेको ‘याद यति’ बोलको गीत गीतकार महेन्द्रदीप राईको लेखन र कृष्ण राईको संगीतमा तयार भएको हो । गीतकार र संगीतकार दुवै सोलुखुम्बुमा जन्मेका हुन् ।

नोर्वु शेर्पाको संगीत संयोजनमा तयार भएको गीतको स्टुडियो भिडियो हाईलाईटस् नेपालको यूटुव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

याद यति बल्झिन्नथ्यो गुन नभएको भए
पिरतीको गुञ्जिरहने धुन नभएको भए

गीतको भिडियो निर्माण गाउँले ईन्टरटेन्टमेन्टले गरेको गाउँले इन्टरटेनमेन्टका बलबहादुर खालिङले जानकारी दिनुभयो । । सोलुखुम्बुको विद्यार्थी राजनीतिमा पहिचान बनाएका राई पछिल्लो समय गीत लेखनमा लागेका हुन् ।

मर्मस्पर्शी आधुनिक गीतमा विछोडिएको प्रेमीले प्रेमीकाको यादमा बिलौनालाई शब्दमा उत्तार्न खोजिएको छ । गीतको शब्दमा कहिले प्रेमीकाले दिएको चोटले सताउँछ त, कहिले उसँगै बिताएको पलमा सुनेको धुनले । माया पिरतीमा गुञ्जीरहने धुनको बारेमा मार्मिक ढंगले रचनाकार राईले शब्दमा उतारेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार