शिखर गजरकोटे/सोलुखुम्बु । हिमाल एफ. एम. सोलुखुम्बुको आयोजनामा सोलुखुम्बुमा सदरमुकाम सल्लेरीमा आधारभूत पत्रकारिता तालिम शुरु गरिएको छ ।
तालिमपछि केहीलाई रेडियोमा रोजगारीको अवसर प्रदान गर्ने गरी शुरु भएको चार दिने तालिममा सोलुखुम्बु र ओखलढुङ्गा ११५ जनाको सहभागीता रहेको छ ।
पत्रकारितामा लाग्न चाहने इच्छुकको क्षमता अभिबृद्धि गरि रेडियोका रोजगारीको अवसर दिने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिम प्रश्चात लिखित र प्रयोगात्मक परीक्षा लिइनेछ ।
तालिमको सहजीकरण वरिष्ठ कार्यक्रम उत्पादक उपेन्द्र अर्याल, हिमाल एफएमका प्रबन्ध निर्देशक भानुभक्त निरौला, पत्रकार सन्तोष राउत र मनोज श्रेष्ठलगायतले गरिरहनुभएको छ ।