सोलुखुम्बु । हिन्दु नारीहरुको पर्व हरितालिका तिज नजिकिदै गर्दा सोलुखुम्बुकी प्रतिभावान् गायिका निशा कार्कीले ‘माईतीको आँगनी’ तिज लोक गीत सार्वजनिक गरेकी छिन् ।
‘उस्ले ग¥यो घात’ दोहोरी गीतवाट गायनयात्रा शुरु गरेकी कार्कीले पछिल्लो समय आधा दर्जन बढि दोहोरी गीतमा आफ्नो स्वर भरेकी छिन् । जुन गीतहरुको भिडियो सार्वजनिक हुन बाँकी रहेको छ ।
धेरैले स्टेज कार्यक्रम लक्षित सृजना बजारमा प्रस्तुत गरिरहेका बेला गायिका कार्कीले भने सामाजिक मार्मिक कथा बोकेको तिज गीत बजारमा ल्याएकी हुन् ।
गीतकार शिखर गजरकोटेको परिकल्पना तथा गीत लेखनमा सागर विरहीको भाका सृजना तथा संगीत संयोजनमा तयार भएको गीतलाई गायक धर्मराज पोखरेलको यूटुव च्यानल मार्फत डिजिटल बजारमा पठाईएको हो ।
गीतको मौलिकतालाई ध्यान दिएर गीतको भिडियो गाउँले परिवेशमा गरिएको छ । गायिका कार्कीको जन्मथलो तिङलामा खिचिएको दृष्यले मौलिकता झल्काएको छ ।
धर्मराज पोखरेलको निर्देशनमा तयार भएको भिडियोमा खेम थापा मगरले क्यामरा चलाएका हुन् भने अनिल राना कोरियोग्राफर हुन् । मेक बहादुर थापाको सम्पादन रहेको भिडियोमा गायिका कार्कीले नै अभिनय गरेकी छिन् ।
गीतमा कर्मघरको घरायसी कामकाजकै कारण तिजमा माईतीको आँगन टेक्न नपाएको मार्मिक कथालाई लोकलयमार्फत प्रस्तुत गरिएको छ ।