सोलुखुम्बु । सोलुखुम्बुमा लामो समयदेखि पत्रकारितामा क्रियाशिल बिबिसी नेपाली सेवाकी पत्रकार सुजता तामाङ “तामाङ मिडिया अवार्ड २०७५” बाट सम्मानित हुनुभएको छ । पत्रकार तामाङ २४ औं तामाङ प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार संघद्वारा राजधानीमा आयोजित कार्यक्रममा प्रमाणपत्र तथा नगदसहित सम्मानित हुनुभएको हो ।
प्रदेश नम्बर ३ का उपसभामुख राधिका तामाङले सम्मान पत्र प्रदान गर्नुभएको कार्यक्रममा भाषाविद् अमृत योञ्जन, नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङलगायतको सहभागीता थियो ।
तामाङ भाषामा पहिलोपटक रेडियो नेपालमा समाचार प्रसारण भएको दिनलाई तामाङहरुले तामाङ प्रसारण दिवसका रुपमा मनाउँदै आएका छन् । २०५१ साल भदौ १ गते तामाङ भाषामाले पहिलोपटक रेडियोमा प्रवेश पाएको थियो ।