शेर्पा शिक्षा समितिमा मनोनित

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको नगर शिक्षा समितिमा विगत एक दशक अघिदेखि जिल्लाको शिक्षा क्षेत्रमा निरन्तर सहयोग गरिरहनु भएका कर्मा शेर्पा मनोनित हुनु भएको छ । आधारभूत तथा माध्यामिक शिक्षा ऐन २०७५ को दफा ८ को उप दफा (१) को खण्ड (छ) बमोजिम शेर्पालाई मनोनयन गरेको नगरपालिकाले जनाएको छ ।

शेर्पाले नेपालमै पहिलो पटक माटोको ब्यागबाट भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गर्नुभएको थियो । उहाँले यसअघि जिल्लाका धेरै विद्यालयको भवन निर्माणलगायत धेरै सहयोग गर्नुभएको छ । उहाँले अमेरिकन विद्यार्थीलाई स्वयम्सेवकका रुपमा ल्याएर धेरै विद्यालय निर्माणमा सहयोग गर्नुभएको छ भने अंग्रेजी भाषा शिक्षणमा पनि सहयोग गर्नुभएको छ । २०७२ सालमा गएको भूकम्पका कारण क्षतिग्रस्त विद्यालयको पुननिर्माणमा समेत उहाँको योगदान रहेको छ ।

शिक्षा क्षेत्रमा मैले गरेको योगदानको कदर गर्दै नगर शिक्षा समितिमा मनोनित भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा सोलुदुधकुण्ड नगरकार्यपालिका तथा समग्र सोलुखुम्बुको शिक्षाको विकासमा थप योगदान गर्न हौसला मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, नगरपालिकाले मेरो कामको सही मूल्यांकन गरेको छ, सधँै मेरो सकरात्मक सहयोग रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार