जनै किन लगाइन्छ ? यस्तो छ वैज्ञानिक र व्यवहारिक पक्ष

शालिकराम भण्डारी । “येन बद्धो बलीराजा दानवेन्द्रो महावलम्, तेन त्वों प्रतिबधामि रक्षे मा चल मा चल” यही मन्त्रका साथ जनै लगाइदिने पर्व जनै पूर्णीमा धुमधामका साथ मनाइरहदा यसको महत्वका बारेमा भने कम चर्चा हुन थालेको छ । सनातनीहरुको उपनयन वा ब्रतबन्ध पछि जनै लगाउने र दाजुभाइ दिदी वैनीमा हातेडोरो वा पवित्र नाता सम्मान थप गर्ने साथै जुँवाइ ससुरा, मामा भान्जामा सम्बन्ध प्रगाढ गर्ने, बालबालिकामा खुसि ल्याउने सनातनी पर्व हो ।

जनै किन लगाइन्छ ?
हरेक सनातनी चाडपर्वले ब्याबहारिक, अध्यात्मिक र बैज्ञानिक महत्व दर्शाएका हुन्छन, बाल्यकाल सकिएर बिदा लिने सुरुवातमा ब्रतबन्ध गरिन्छ, धागो अर्थात बन्धन, पबित्रता र सुरक्षाको कसि सनातनी संस्कारमा पाइन्छ । जनै ब्रम्हा, बिष्णु, महेश्वर, कर्म, उपसना र ज्ञानको योग स्वरुप जनै यज्ञवाट पबित्र बनाएर लगाइन्छ । जनै लगाएपछि व्यक्तिले नियम आचरणमा बस्नु पर्ने, ध्यान जप गर्नु पर्ने, दिनहुँ नुहाउनु पर्ने संस्कार हुन्छ । दिनहुँ नुहाउदा स्वास्थ्यका लागि राम्रो हुने, छालामा रक्त सन्चार राम्रो हुने, मानिस शारिरिक रुपमा उमङ्ग थपिने हुन्छ । जप गर्ने संस्कारले राइट बे्रर्न उक्टिभ हुन्छ, जस्ले गर्दा ब्यक्तिको स्मरण शक्ति प्रचुर मात्रामा बिकास हुन्छ र तेजिलो बुद्धिका हुन्छन् । पिसाब फेर्दा कानमा जनै लगाउने गर्दा अक्युपंचर बाहिर आउदैन, जस्ले हर्मोनिया जस्तो रोगबाट बच्न सकिन्छ ।

सानै उमेरमा ब्रतबन्ध किन ? र हाते डोरोको महत्व के छ ?
गर्वमा बालक आमाको कोखमा ३ महिना योग ध्यानमा बस्ने हुदा जन्मदै शिशुको राइट बे्रन एक्टिभ हुन्छ । वाहिरि वाताबरणले राइट ब्रेर्न उपयोग नहुदा ८ देखि १२ बर्ष सम्म पुर्ण रुपमा सक्रिय हुन्छ भन्ने मानिन्छ छ । त्यसैले राइट बे्रनलाई लुप्त हुन नदिएर सक्रिय बनाउन र बालबालिकामा स्मरण शक्ति बढाउन ब्रतबन्ध गराइएको बैज्ञानिक तथ्य छ । नियम आचरण अनुशासन र जिज्ञासु बन्नको लागि जप गर्ने मन्त्र गोप्य रुपमा सुनाइन्छ । गयात्रि मन्त्र नै सबै भन्दा उत्तम मन्त्र हो ।
दाजुबैनि, दिदी भाइको नाता सम्मन्धमा थप सम्मान र प्रगाढ बनाउने राखि वा हातेडोरोले गर्छ । साथै मुटुको धडकनसग जोडिएको रक्त नलि नाडिबाट प्रेसरलाई कन्टोल गर्न सहयोग पुग्ने हुदा नाडिमा धागो बादिन्छ । आजभोलि डक्टरहरुले पनि यस्तै बाध्न र लगाउन आग्रह गरेको पाइन्छ ।

जनैपुर्णिमा ब्राह्मण क्षत्रिको मात्र हो ?
पहिला पहिला वर्ण बिभाजन थियो, खेल खेल्नेले खेल खेलेर मात्र जीवन जिउथे । ब्यापारिले व्यापार मात्र गर्थे । ब्राह्मणले शिक्षा लिने दिने गरेर मात्र जीवन बिताउथे । तर आज भोलि सबै ब्यक्ति सबै क्षेत्रमा केहि न केही मात्रमा दखल राख्न चाहाने हुदा आजको संसारमा सबै ब्राह्मण, सबै क्षत्रि, सबै व्यापारी र सबै जागिरमा जान पाउछन् । विशेषतः जप गर्ने बिधिले बुद्धिको बिकास हुने हुदा सबैलाई विशेष गरेर बालबालिकाको लागि यो पर्व निकै महत्वपुर्ण छ।

ब्राह्मण ले मात्र जनै लगाउने हो र ?
नियम, आचरण, अनुशासन, तेजिलो बुद्धि गराउन चाहने जो सुकैले पनि जनै लगाउन सक्नु हुन्छ । श्रीकृष्ण भगवानले गितामा भन्नु भएको छ “चातुरबर्णं मया श्र्ष्िट गुडकर्म बिभागस” यस्तै माहात्मा गौतम बुद्धले सुतनिपातमा भन्नु भएको छ “स्वअध्ययन गर्ने, पढ्ने, पढाउने, धर्म रक्षा गर्ने, अरुले बनाएर दिएको खाएर ज्ञान दिने लिनेमा जीवन ब्यातित गर्ने ब्राह्मण हुन र इन्देन्यण निग्रह गर्ने ब्राह्मणले यज्ञमा होम गर्दा बढी पुन्य मिल्छ ।” त्यसैले गुण कर्म बिनाको जन्मको आधारमा ठुलो सानो भन्नु अज्ञानता हो ।
अन्तमा, सबैले आफ्नो राष्ट्रलाई माया गरौ, आफ्नो पुर्खाको चिनो उत्तम संस्कारलाई माया गरौ । ब्रतबन्ध जस्तो बौद्धिक बिकास गर्ने पर्वमा सबैले अवलम्बन गरौँ, एक अर्कालाई जनै र रक्षाबन्धन लगाइदिऔँ र बौद्धिक बिकास गरौँ । Source : Radin NRN

भण्डारी हिन्दु जागरण नेपालका सदस्य हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार