बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेकको) चौथो शिखर सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुदैंछ।
सम्मेलनमा भाग लिन सदस्य राष्ट्रका सरकार प्रमुखहरु काठमाडौं आउने क्रम जारी छ । सम्मेलनमा भाग लिनका लागि म्यानमारका राष्ट्रपति विन मिन्थ मङ्गलबार नै काठमाडौं आइपुगेका छन् । बुधवार भूटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार लिन्पो छिरिङ बाङचुक र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेना आइपुगे ।
आज विहान विहान ११ बजे अघि भारत, थाइल्यान्ड र बङ्गलादेशका सरकार प्रमुख नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । नेपाल आइपुग्ने राष्ट्र तथा सरकार प्रमुखहरूले आजै राष्ट्रपति विद्यादेबी भण्डारीसँग सामूहिक रुपमा भेट गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनको औपचारिक उद्घाटन सोल्टी होटलमा दिउँसो ३ बजे गरिने कार्यक्रम तय गरिएको छ । बैठकमा सदस्य राष्ट्रका सरकार प्रमुखहरुले पनि सम्बोधन गर्नेछन् । सम्मेलन भाेलि सम्म चल्ने छ ।