सोलुखुम्बु । नेपाल सरकारका महान्यायधिवक्ता अग्निप्रसाद खरेलले भर्खरै कार्यन्वयनमा आएको मुलुकी संहितालाई आवश्यकताअनुसार परिवर्तन गदै लान सकिने बताउनुभयो ।
रिपोर्टर्स क्लब नेपाल सोलुखुम्बु शाखाले सदरमुकाम सल्लेरीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा सरकारका प्रमुख कानुनी सल्लाहकार खरेलले लापरबाही गर्नेलाई संहिताले ठेगान लगाउने भन्दै जहाँ जसरी परिवर्तनको आवश्यकता देखिन्छ त्यहाँ सन्तुलन खोज्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले कसैले भन्दैमा संहिता संसोधन गर्न नसकिने भन्दै विवादित विषयमा छलफलका लागि भने सरकार तयार हुनुपर्ने बताउनुभयो । जिल्ला सरकारी वकिलको कार्यालयको कार्यक्रमका अवसरमा सोलुखुम्बु आउनुभइका महान्याधिवक्ता खरेलले प्रधानन्यायधिस नियुक्तिका लागि संबैधानिक परिषदको सिफारिस जायज रहेको समेत जिकिर गर्दै खरेलले संसदीय सर्वोच्चतामा सुनुवाई समितिको निर्णय पनि स्विकार्य हुने धारणा राख्नुभयो ।
उहाँले न्यायालयमा अस्थिरता निम्त्याउने कुनै योजना नरहेको भन्दै बर्तमान सरकार स्थिर न्याय प्रणालीको पक्षमा रहेको स्पष्ट पार्नुभयो । साक्षात्कारमा प्रेस स्वतन्त्रतालाई संविधानले नै ग्यारेन्टी गरे पनि ब्यक्तिको गोपनीयताको हकलाई भने प्रेसले ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रम रिपोर्टर्स क्लब नेपालका एक नम्बर प्रदेस संयोजक भानुभक्त निरौलाको अध्यक्षतामा भएको हो ।