एसिया कप छनोटमा नेपालको पहिलो जित,मलेसिया १९ रनले पराजित

  1. काठमाडौं । एसिया कप छनोटमा नेपालले पहिलो जित दर्ता गरेको छ । समूह चरणको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई १९ रनले पराजित गरेको हो  ।

बायुमास ओभलमा नेपाले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ६९ रन बनाउन सक्यो ।

मलेसियाका लागि अनवार अरुदीन र साईद अजाजले सर्वाधिक समान ३४\३४ रन बनाएका थिए । नेपालका सोमपाल कामी, सन्दिप लामिछाने र बसन्त रेग्मीले समान २\२ विकेट लिएका थिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ३० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ८८ रन बनायो । बर्षाको कारण खेल ढिला सुरु हुँदा खेल ३० ओभरमा झारिएको थियो ।

मलेसियाविरुद्ध नेपालले सुरुवात भने खराब गरेको थियो । नेपालले ६० रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाईसकेको थियो ।

तर, दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले अर्धशतकीय इनिङस खेल्दै नेपालको इनिङस सम्हालेका थिए । दिपेन्द्र र आरिफले ८८ बलमा १०१ रनको साझेदारी गरेका थिए ।

दिपेन्द्र ५१ बलमा ५४ रन बनाएर आउट भए । उनले १ छक्का र ६ चौका प्रहार गरे । यस्तै आरिफ ४८ बलमा ६४ रन बनाएर अविजित रहे । आरिफले २ छक्का र ५ चौका प्रहार गरे ।

यस्तै नेपालका लागि अनिल कुमार साहले १६ रन जोड्दा कप्तान पारस खड्काले १३ रन बनाए ।

मलेसियाका स्याजरुल इजाट इड्रुस र सर्भिन मुनेनडीले समान ३र३ विकेट लिए ।

जितसंगै नेपालले तालिकामा २ अंक जोडेको छ । र, नेपालले एसिया कपको फाइनल खेल्ने सम्भावना कायम राखेको छ ।

अब नेपालले आइतबार सिंगापुरसंग खेल्नेछ । छनोटको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन् । विजेता टोलीले युएईमा हुने एसिया कप खेल्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार