संविधान दिवस मूल समारोह समितिको बैठकलाई गृह मन्त्रालयमा संबोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान दिवसलाई पनि विकृति र विसंगतिविरुद्धको अभियानसँगै जोडेर जनस्तरमा लैजान निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले समाजिक न्याय, सुशासन र राष्ट्रिय एकताका लागि संविधान महत्वपूर्ण दस्तावेज भएको भन्दै सबै नागरिकले संविधानमा अपनत्व महशूस गर्नुपर्ने बताउनुभयो । ओलीले जनताले लडेर ल्याएको संविधान जनस्तरमा मान्ने वातावरण बनाउन निर्देशन दिंदै कर्मकाण्डी दिवस मनाउनुको अर्थ नरहने तर्क गर्नुभयो । सरकारले असोज २ देखि ४ दिनसम्म देशभर संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ ।