काठ्माण्डौँ । शिक्षा सेवा आयोगले आगामी असोजमा लिन लागेको स्थायी शिक्षक नियुक्तिको लिखित परीक्षा परीक्षार्थीले आफूले फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाउने गरी विभिन्न ३४ जिल्लामा केन्द्र तोकेको छ ।
भर्खरै निर्धारित परीक्षा केन्द्रअनुसार तीनै तहको परीक्षा एउटै जिल्लाबाट दिन पाउने भएको छ । यसअघि तहअनुसार फरक जिल्लामा परीक्षा भएमा तीनै तहमा फारम भरेका परीक्षार्थीले चिन्ता व्यक्त गर्दै आएका थिए । अहिले परीक्षा केन्द्र रहने जिल्ला मात्रै तय गरिएको र केन्द्र रहेको स्थान भने पछि तोकिने आयोगले जनाएको छ ।
आयोगले परीक्षा केन्द्र तोकेका ३४ जिल्लामा ईलाम, झापा, मोरङ्, सुनसरी, उदयपुर, सप्तरी, सिराह, सिन्धुली, धनुषा, काभ्रे, भक्तपुर, काठमाडौँ, ललितपुर, मकवानपुर, चितवन, पर्सा, गोर्खा, कास्की, तनहुँ, स्याङ्जा, नवलपरासी, रुपन्देही, कपिलबस्तु, पर्वत, प्यूठान, दाङ् सुर्खेत, बाँके, बर्दिया, डोटी, कैलाली, डडेल्धुरा र कञ्चनपुरमा परीक्षा केन्द्र तोकिएको छ ।
सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गाका परीक्षार्थीले सिराहामा परीक्षा दिनुपर्ने भएको छ ।