तीज विशेष कार्यक्रमलाई तरुण दलको सहयोग


हिमशिखर समाचारदाता

नेपाल तरुण दल खुम्बुपासाङल्हमू गाउँपालिकाले नेपाली महिलाहरुको महान पर्वका रुपमा रहेको तीज विशेष कार्यक्रमका लागि ५० हजार रुपियाँ सहयोग गरेको छ ।

सोलुखुम्बुको नेलेमा भएको कार्यक्रममा दलका अध्यक्ष छिरिङसोनाम शेर्पाले महिलाहरुको तीज कार्यक्रमलाई सफल पार्न सहयोग रुवरुप रकम हस्तान्तरण गर्नु भएको हो । नेपालको संस्कृतिलाई संरक्षण गर्न नेपाल तरुणदलले सँधै सहयोग गर्ने भन्दै अध्यक्ष शेर्पाले नेपाल महिला संघलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

यसअघि आगलागी पिडीतलगायत विभिन्न क्षेत्रमा समेत नेपाल तरुण दल खुम्बुपासाङल्हमू गाउँपालिकाले सहयोग गरेको उहाँले जानकारी दिनुभयोे । गाउँपालिकाको इकाई समितिले महिलाहरुको तीज कार्यक्रमका लागि सहयोग गरेकोमा खुशी व्यक्त गर्दै नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झाले तरुण दल जहिले पनि जनताको बिचमा रहेर काम गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार