नेविसंघले १२ औं महाधिवेशन समयमा गर्न छलफललाई तिव्रता दिँदै

काठ्माण्डौँ । नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी संघले १२ औं महाधिवेशनको सन्दर्भमा कन्द्रीय समिति बैठकमा आइतबारबाट छलफल शुरु गरेको छ । बैठकले १२ औँ महाधिवेशन सम्पन्न गर्नका लागि आवश्यक तयारीको कामलाई तीव्रता दिन शुरु गरेको नेविसंघ पूर्व केन्द्रिय सदस्य कृष्ण केट्टेलले जानकारी दिनुभयो ।

महाधिवेशन सम्पनन गर्नका लागि आयोजक समिति गठन, विधान संशोधनलगायतको कामलाई अगाडी बढाउन बैठक केन्द्रित रहेको उहाँले बताउनुभयो । संघको अब बस्ने बैठकले विधान संशोधन गर्ने र महाधिवेशन गर्नका लागि कातिक ११ गतेसम्म देशका सबै तहबाट प्रतिनिधि चयन गरी सक्ने कार्यतालिका पनि बैठकमा पेश गरिएको बताइएको छ ।

नेविसंघले १२ औं महाधिवेशन समयमा गर्न छलफललाई तिव्रता दिँदैनेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन आगामी कार्तिक १६, १७ र १८ गते काठमाडौँमा गर्ने प्रस्ताब गरिएको र महाधिवेशनका लागि प्रतिनिधि चयनको काम आगामी असोज ७ गतेबाट सुरु गर्ने प्रस्ताव पनि बैठकमा गरिएको छ । नेविसंघका अध्यक्ष नैनसिं महरको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति बनाउने प्रस्ताव पनि बैठकमा गरिएको छ ।
अध्यक्ष महरले प्रतिनिधि चयनको काम स्वच्छ ढङ्गले सम्पन्न गर्न मातहतका सबै समितिहरुलाई सचेत गराउँदै महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिहरु पनि गठन गर्ने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार