वि.पी.को सम्झनामा नेसविसंघको कार्यक्रम (आकर्षक नृत्यको भिडियो सहित)


सोलुखुम्बु । नेपाल विद्यार्थी संघ जनजागृति माध्यामिक विद्यालय इकाई समित सोलुखुम्बुले जननायक वि.पी कोइरालाको १०४ औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाएको छ । इकाईले विद्यालयमा ‘बदलिँदो राजनीतिक अवस्थामा वि.पी. विचारको सान्र्दभिकता’ विषयमा वक्तृत्वकला र नृत्य प्रतियोगिताको आयोजना गरको हो ।

कार्यक्रमका अवसरमा नेपाली काँग्रेसका सोलुखुम्बुका सभापति विनोदकुमार बस्नेतले प्रमुख अतिथिको रुपमा बोल्दै नेपाली राजनीतिको धरोहरका रुपमा उदाउनुभएका वि.पी.कोइराला साहित्यमा समेत उत्तिकै उत्कृष्ट भएको बताउनुभयो । वि.पी.को विचार नेपाली राजनीतिमा सधैँ सान्दर्भिकता रहने उहाँको भनाइ छ ।

सो अवसरमा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले त्यस बेलाको कठिन राजनीतिक अवस्थामा निडर भएर नेपाली राजनीतिमा परिवर्तनको भूमिका खेल्ने वि.पी.को विचार आज पनि सबैको प्रेरणाको स्रोत भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल शिक्षक संघका पूर्व अध्यक्ष तथा काग्रेस नेता प्रेमकुमार राई, जजामाविका प्रधानाध्यापक मानबहादुर कार्की, नेविसंघका नेताहरु नविन थापा, अश्विनबाबु थापा, महेन्द्र बस्नेतलगायतले वि.पी.को विचारको सान्दर्भिकता अहिले पनि उस्तै रहेको बताए ।

वक्तृत्वकला प्रतियोगितामा बोल्ने विद्यार्थीहरुले वि.पी.को विचारको पालना नगरेका कारण काँग्रेसको हालत कमजोर भएको बताएका छन् । उनीहरुले वि.पी.जस्तो दुरदर्शी नेता देसमा नभएका कारण दुई तिहाईको सरकार भए पनि जनताले आशा गरेजस्तो परिवर्तनको अनुभूति गर्न नसकेका बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार