तरुण दलद्वारा हत्यारालाई कार्वाही र पिडीतलाई क्षतिपूर्तिको माग

सोलुखुम्बु । नेपाल तरुण दलका रोल्पा नगर सभापित रोहित पुन मगरको हत्यारालाई यथाशिध्र कानूनको दयारमा ल्याई कडा भन्दा कडा कार्वाही गर्न नेपाल तरुण दल सोलुखुम्बुले माग गरेको छ ।

रोल्पाका सुलीचौर बजार क्षेत्रमा गत २५ गते अपरान्ह गोली हानी हत्या भएका मगरको पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न समेत माग गरिएको छ ।

आज एक प्रेस विज्ञप्ती जारी गर्दै तरुण दल सोलुखुम्बुले अधिनायक साम्यवादी सरकारका कार्यकर्ताले गोली हानी हत्या गरिएको घटनालाई अनैतिक र अराजकताको पराकाष्ठा भएको ठहर गर्दै कार्वाही नभए सोलुका तरुण दल सहित देशभरका तरुणहरु आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

‘ने.क.पाका कार्यकर्ता देव घर्ती लगायत हतियारधारी समुहले प्रहरी कार्यालय नजिकै दिउसै कम्यूनिष्ट सरकारको आडमा अपाराधिक र आतङ्ककारी शैलीमा गरिएको जघन्य अपराधलाई बाम सरकारको नियोजित षड्यन्त्र मान्न सकिन्छ,’ –विज्ञप्तीमा उल्लेख छ ।

तरुण दल सोलुखुम्बुका सह सचिब विशाल मोक्तानद्वारा हरुताक्षरित विज्ञप्तीमा घटनाको सम्भाव्य जानकारी प्रशासन कार्यालाय र प्रहरीलाई गराउँदा पनि घटनालाई वेवास्ता गरी अपराधिक मनोबृत्तिलाई प्रोत्साहन दिई राजनीतिक प्रतिशोध साँध्न अपराधिक घटना गराएको ओरोप लगाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार