सोलुखुम्बु । नेपाल मार्शल सेल्फ डिफेन्स सङ्घको आयोजनामा भएको मार्शल सेल्फ डिफेन्स सङ्घको अन्तर्राष्ट्रिय सम्मेलनमा हामीले कसरी आत्म रक्षा गर्न सकिन्छ भनेर सिकाइएको छ । यूरोपको पोर्चुगल, भारत र नेपालका करिब १०० भन्दा बढीको उपस्थितीमा सोलुखुम्बुको पत्तालेमा अभ्यास गरिएको हो ।
मार्शल आर्टसका ११ विधा समेटिएको यसमा प्रमुख मार्सल सेल्फ डिफेन्सका ग्रान्ड मास्टर मिगुल अब्रियुको उपस्थितीमा आत्म रक्षाका लागि प्रशिक्षण दिइएको हो । सबैलाई आत्म रक्षाको आवश्यकता भएकाले यसको विस्तार गर्न सम्मेलनको आयोजना गरिएको नबताइएको छ ।