सगरमाथको फेदीमा तीज विशेष कार्यक्रम (कार्यक्रमको भिडियो सहित)

सोलुखुम्बु । सगरमाथाको फेदीमा रहेको सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा तीजको अवसरमा तीज विशेष कायक्रम सम्पन्न भएको छ ।


‘नगरवासी महिलाहरुको एकता, सबै मिली मनाउन तीज नराखौँ तिक्तता’ भन्ने नाराका साथ सोलुदुधकुण्ड नगरपालिकाका नगरबासी महिलाहरुको आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको सुजताा तामाङले जानकारी दिनुभयो ।
हिन्दू नारीहरुको भनिएको तीज पछिल्लो समय सम्पूृर्ण नेपाली नारीहरुको साझा पर्वका रुपमा विकसित भइरहेको छ । जसले सल्लेरीमा सबै जातजातिका महिलाहरुले तीजलाई उल्लासका साथ मनाएका छन् । नगर कार्यपालिकाकी प्रबक्ता शारदामाया तामाङको अध्यक्षतामा भएको कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पा, प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार  राना, प्रहरी प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार