जिल्लाकै पहिलो पूर्ण विद्यार्थी भर्ना सुनिश्चितता गाउँपालिका घोषणा

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले विद्यालय उमेर समूहका बालबालिका बिद्यालय बाहिर नरहेको घोषणा गरेको छ । ‘सुखी नेपाली सम्बृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार’ भन्ने मुल नाराका साथ मनाइएको बाल दिवसका अवसरमा जिल्लाकै पहिलो स्थानीय तहका रुपमा पूर्ण विद्यार्थी भर्ना सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो

गाउँपालिकाभित्रका अति बिपन्न परिवारको पहिचान गरी त्यस्ता परिवारका बिद्यार्थीहरुलाइ कापी, कलम, किताब, ड्रेसलगायतका स्टेशनरीहरु निःशुल्क उपलब्ध गराउने घोषणा गर्दै गाउँपालिका अध्यक्ष असिम राईले सबै अभिभाबकहरुलाई आफ्ना नानी बाबुहरु अनिवार्य बिद्यालय पठाउन अनुरोध गर्नुभएको छ ।

गाउँपालिकाभित्र रहेका ५ वर्षदेखि १२ वर्ष उमेर समूहका सबै बालबालिका विद्यालयको पहुँचमा पुगेपछि घोषणा गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो । स्थानीय तहले सञ्चालन गरेको भर्ना अभियानबाट विद्यालय उमेर समूहका कुनैपनि बालबालिका नछुटाई भर्ना उहाँले बताउनुभयो ।

विद्यार्थीलाई नियमित विद्यालय पठाउने र विद्यालयमा टिकाइरहने दायित्व अभिभावक र शिक्षकको रहेकाले यसमा स्थानीय सरकारले नियमित अनुगमन गर्ने उहाँको भनाइ छ । शिक्षाको अधिकारबाट कुनैपनि बालबालिका बञ्चित हुन नहुने उहाँको प्रतिबद्धता छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार