४१ जना विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रावृत्ति

हिशिखर समाचारदाता/सोलुुखुम्बु । हिमालयन ट्रष्ट नेपालले यस बर्षको लागि सोलुखुम्बुका ४१ जना विद्यार्थीहरुलाई उच्च शिक्षाको छात्रावृत्तिका लागि छनोट गरेको छ । ट्रष्टले विज्ञान र शिक्षातर्फ चार जना, नर्सिङ, इलेक्ट्रिसिटी, अनमी, शारीरिक अपाङ्गतामा १/१ जनालाई प्रदान गर्ने छात्रावृत्तिका लागि २० जना विद्यार्थी चयन गरेको छ ।

इन्फरमेसन टेक्नोलोजीमा दुई जना दलित, जुभिङ माध्यामिक विद्यालय र जर्ज लो स्मृति छात्रावृत्तिका लागि ३/३ जनालाई प्रदान गरिने हिमालयन ट्रष्ट नेपालका जिल्ला संयोजक नवबहादुर भुजेलले जानकारी दिनुभयो । उहाँकाअनुसार ट्रष्टले छनोट भएका विद्यार्थीहरुलाई तोकिएको तहमा मासिक तीन हजार पाँच सय रुपियाँका दरले बार्षिक ४० हजार रुपियाँ छात्रावृत्ति उपलब्ध गराउने छ ।

त्यस्तै, सर एडमण्ड हिलारी स्मृति छात्रावृत्ति अन्तरगत सात वटा सामूदायिक विद्यालयका २१ जना विद्यार्थीलाई पनि चयन गरेको छ । एउटा विद्यालयबाट अधिकतम तीन जनालाई एसइईको परीक्षामा ल्याएको अंकका आधारमा प्रति महिना पाँच हजार रुपियाँ प्रदान गरिने संयोजक भूजेलले बताउनुभयो ।

मासिक पाँच हजार रुपियाँका दरले रकम पाएपछि पढाईमा निरन्तरता दिन सजिलो हुने अभिभावकहरुले बताएका छन् । दुर्गमका सामूदायिक विद्यालयमा एसइई उतिर्ण गर्ने विद्यार्थी कमजोर आर्थिक स्थितीका हुने भएकाले छात्रावृत्तिले पढाईमा निरन्तरता दिन सहज हुने पिके माध्यामिक विद्यालयका प्रधानाध्यापक चेतबहादुर मगरले बताउनुभयो । यसअघि आफ्नो विद्यालयबाट कक्षा १० उर्तिण गर्ने कतिपय विद्यार्थीको पढाई आर्थिक अवस्थाका कारण छोड्नुपर्ने भएपनि हिमालयन ट्रष्टको छात्रावृत्तिले उच्च शिक्षा हासिल गरेको प्रअ मगरको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार