गाउँपालिका महासंघमा सोलुबाट कोषाध्यक्ष राई सहित तीन जनाको प्रतिनिधित्व

इटहरी । गाउँपालिका राष्ट्रिय महासंघ नेपालक प्रदेश नं १ स्तरीय महासंघको  कोषाध्यक्षमा थुलुङदुधकोशी गाउँपालिका प्रमुख असिम राई सर्वसम्मत चयन हुनुभएको छ ।

इटहरीमा सम्पन्न अधिवेशनबाट गाउँपालिका प्रमुख राई कोषाध्यक्ष र नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बाँस्तोला र सोही गाउँपालिका २ का वडा अध्यक्ष भेषकुमार बाँस्तोला सदस्यमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

कानेपोखरी गाउँपालिका मोरङका अध्यक्ष ताराबहादुर काफ्लेको अध्यक्षतामा गठित २३ सदस्यीय  प्रदेश नं १ गाउँपालिका राष्ट्रिय महासंघमा सोलुखुम्बुबाट  जनाको प्रतिनिधित्व  भएको छ ।

अधिवेशनमा प्रदेश नम्बर एक अन्तरगतका ८८ वटा गाउँपालिकाका ३ सय ५२ जना निर्वाचित जनप्रतिनिधिको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार