सोलु–विराटनगर सम्पर्क समिति गठनको तयारी, किन गठन हुँदैछ समिति (हेर्नुस् भिडियो)

इटहरी । नेपाली कांग्रेस सोलुखुम्बुले सोलु–विराटनगर सम्पर्क समिति गठन गर्ने तयारी थालेको छ । एक नम्बर प्रदेशका झापा, सुनसरी र मोरङमा सोलुखुम्बुबाट बसाइसराई भएर बसोबास गर्दै आएका काँग्रेस निकट नेता, कार्यकर्ता तथा सुभेच्छुकहरुको सम्बन्ध विस्तार गर्न सम्पर्क समिति गठन हुने भएको हो ।

इटहरीमा भएको भेलाले मुलथलो सोलु भएका तर हाल मोरङ, सुनसरी, झापा, उदयपुरलगायतका जिल्लामा रहेर विभिन्न पेशा र व्यवसायमा संलग्नहरुको भेलाले विराटनगरका चुणामणि कोइरालाको संयोजकत्वमा १७ सदस्यीय प्रदेश सम्पर्क समिति गठन गनका लागि तयारी समिति बनाएको नेपाली काँग्रेस सोलुखुम्बुका सभापति विनोदकुमार बस्नेतले जानकारी दिनुभयो ।

समितिको सदस्य सचिवमा रामबहादुर बस्नेत चयन भएको छ भने सदस्यहरुमा गोविन्द बस्नेत, गणेशकुमार कटेल, धर्म निरौला, ऋषिकुमारी भट्टराई, गणेश बस्नेत, हितबहादुर बस्नेत, गणपति बाँस्तोला, राजन कट्टेल, याकुव राई, कृष्ण कटेल, विनोद कोइराला, डण्डीकेशर कटेल, राजन बाँस्तोला, युवराज कटेल र पूर्णबहादुर कटुवाल सदस्यमा चयन भएका छन् । प्रेस युनियन सुनसरीका सभापति गणेश निरौलालाई प्रचार संयोजकमा चयन गरिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सोलुखुम्बुका पूर्व सांसद बलबहादुर केसी, तरुण दल सोलुका सभापति अशोककुमार झा काँग्रेस नेताहरु खिलाराज बस्नेत, तिलकबहादुर थापा, भोजराज कार्की, महेन्द्रदिप राई, सन्तोष कटेल, कुशराज राई, हेम शर्मालगायतको सहभागितामा सम्पर्क समिति गठन गरिएको हो । चाडै बृहत भेला गरेर सम्पर्क समितिको गठन गर्ने सभापति विनोद बस्नेतले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार