कर्मचारी मिलन केन्द्र सोलुको नेतृत्वमा श्रेष्ठ

सोलुखुम्बु । कर्मचारी मिलन केन्द्र सोलुखुम्बुको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ चयन हुनुभएको छ । यस अघि अध्यक्ष रहेका बरिष्ठ पशु चिकित्सक लेखराज दहाल सरुवा भएपछि केन्द्रको बैठकले सोलुखुम्बुका कोष तथा लेखा नियन्त्रक श्रेष्ठलाई सर्वसम्मत् रुपमा अध्यक्षमा चयन गरेको हो ।
केन्द्रले सोलुुखुम्बुमा विभिन्न कार्यालयका कर्मचारीहरुलाइृ समन्वय कायम गर्ने काम गर्दै आएको छ । श्रेष्ठले यसअघि नेपाल निजामती कर्मचारी संगठनको कोषाध्यक्ष हुँदै उपमहासचिवको जिम्मेवारी सम्हाली सक्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार