कांग्रेस बैठकमा नेविसंघमा उमेर हद लगाउने प्रस्ताव

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेपाल विद्यार्थी संघमा ३२ वर्ष उमेर पूरा भएकाले निर्वाचन लड्न नपाउने प्रस्ताव प्रस्तुत भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठमा सहमहामन्त्री एवं पार्टीद्वारा गठित निर्देशन समितिका संयोजक प्रकाशरण महतले सो प्रस्ताव प्रस्तुत गर्नु भएको हो ।

प्रस्तावमाथि छलफल भइरहेको छ । विद्यार्थी नेताहरुले ३२ वर्षे उमेर हद हटाउन माग गर्दै आजै बिहान पार्टीका शीर्ष नेताहरुलाई ज्ञापन बुझाएका थिए ।

३२ वर्ष नाघेका विद्यार्थी नेताहरुले उमेर हद नराख्न दबाव दिँदै आएका छन् । पार्टीमा भने संस्थापन पक्ष ३२ वर्ष उमेर हद लगाउने पक्षमा उभिएको छ भने संस्थापनइतर पक्ष हटाउने पक्षमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार