मूल्य वृद्धिको विरोधमा प्रधानमन्त्रीको ध्यानाकर्षण


सोलुुखुम्बु । नेपाल तरुण दल सोलुखुम्बुले हाल भएको मूल्य वृद्धिको विरोधमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । नेपालीहरुको महान चाड दशैँको मुखमा आएर नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने दैनिक उपभोग्य बस्तुहरुमा सरकारले गरेको मूल्य बृद्धिले नागरिकलाई निकै मार पारेको भन्दै ध्यानाकर्षण गराएको हो ।

प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रिलाई ज्ञापन पत्र बुझाउँदै तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोककुमार झाले चाड पर्वको अवसरमा सरकारले जनतालाई राहत दिनुपर्नेमा उल्टै गरैजिम्मेवार ढङ्गले गरेको मूल्य वृद्धिको नेपाल तरुण दल घोर भत्र्सना गर्दछ भन्नुभयो ।

तरुण दलले दशैँको मुखमा आएर पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धि तत्काल फिर्ता लिन, कालोबजारी र तस्करीलाई नियन्त्रण र कार्वाही गर्न, चाड पर्वको अवसरमा देसैभरी अति आवश्यकीय दैनिक उपभोग्य बस्तुहरु उपलब्ध हुने गरी सुपथ मुल्य पसलको व्यवस्था गर्न, दशैँमा घर जाने यात्रुहरुको लागि यातायातको साधनको थप व्यवस्था गर्दै व्यवस्थित गर्न, चाड पर्वको समयमा हुन सक्ने विभिन्न घटनाहरुबाट सतर्क बनी जनताको जिउ धनको सुरक्षा तथा सुरक्षाको सुव्यस्था मिलाउन माग गरेको छ ।

गरिब, असहाय, अशक्त र विपन्न परिवारलाई तत्काल राहतको घोषण गर्न, दशैँ, तिहार, छठ पर्व र नेवारी नयाँ वर्षको अवसरमा विभिन्न तरुण युवा संघ संस्थाहरुले आयोजना गर्ने खेलकुद एवं मनोरञ्जनका कार्यक्रममा सहयोग र सुरक्षा प्रदान गर्न, निर्मला पन्तको बलात्कार गरी हत्या गर्ने अपराधीहरुलाई छिटो भन्दा छिटो कानूनी कठघरामा उभ्याई कडा भन्दा कडा कार्वाही गरी सम्पूर्ण नेपाली महिला, चेलीबेटी एवं दिदी बहिनीहरुलाई सार्वजनिक स्थानमा शान्तिपुर्ण ढङ्गले स्वतन्त्र भई हिड्न सक्ने वातावरण र सुरक्षाको व्यवस्था मिलाउन, वर्तमान सरकारले अधिनायकबादी शैलीमा जनताका लोकतान्त्रिक अधिकारलाई कुण्ठित गर्ने नियतले अदालत र प्रेस स्वतन्त्रता माथि गरेको हस्तक्षेप तत्काल बन्द गरी स्वतन्त्र न्यायलय र प्रेस स्वतन्त्रताको सम्मान गर्न माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार