राष्ट्रिय खेलाडी उत्पादन गर्ने गाउँपालिकाको लक्ष्य

सोलुखुम्बु। सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ । ‘गाउँपालिकाको शान, राष्ट्रिय खेलाडी उत्पादन हाम्रो अभियान’  भन्ने नारा सहित प्रथम पटक खेलकुद प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतिनिधिसभाका सांसद हेमकुमार राई सुरबीरले उद्घाटन गर्नुभएको प्रतियोगितमा वडा तथा मावि स्तरीय  महिला पुरुष भलिबल, खुल्ला ब्याडमिन्टन, मिनि म्याराथन तथा बुद्धिचाल प्रतियोगिता भएको स्थानीय बलबहादुर खालिङले जानकारी दिनुभयो ।

जसमा वडा स्तरीय पुरुष भलिबल तर्फ वडा नं. ४ प्रथम, वडा नं. ६ तथा वडा ७ क्रमशः द्धितिय र तृतिय भए । प्रतियोगितामा वडा नं. ६ को टिम बि सान्त्वना भयो। महिलातर्फ वडा नं. ७, ३, २ र ४ क्रमशः प्रथम, द्वितीय,  तृतिय तथा सान्त्वना भए । मावि स्तरिय पुरुष भलिबलतर्फ सगरमाथा मावि वाकु प्रथम, हिमालय मावि बासा द्वितीय, काकु मावि भेडाचौर तृतिय तथा जुभिङ मावि सान्त्वना हुन सफल भए । त्यस्तै,  महिलातर्फ भेडाचौर मावि प्रथम, सगरमाथा मावि, वाकु द्वितिय, हिमालय मावि, बासा तृतिय तथा जुभिङ मावि सान्त्वना भए।

प्रतियोगितामा खुल्ला ब्याडमिन्टनको उपाधि बिपिन खालिङ र अर्जुन श्रेष्ठले प्राप्त गरे । मधुर जी ढकाल र बिनोद राउतको टिम द्वितीय,  रामप्रसाद चौधरी र आशिष खनाल तथा अषन खालिङ र यादव ढुङ्गाना तृतिय भएका छन् । बुद्धिचाल प्रतियोगितातर्फ जितेन्द्र यादव प्रथम, भोला कार्की द्धितिय तथा गौरव राई तृतिय भए । म्याराथनमा महिलातर्फ सोही गाउँपालिका वडा नं. १ की पुर्णिमाया राई तथा पुरुषतर्फ वडा नं. १ कै सन्तोष राईले उपाधि हात पार्न सफल भएका छन् ।

कार्यक्रममा जनप्रतिनिधि, जिल्लास्थित कार्यालय तथा संघसंस्थाका प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, खेलकुदसँग आबद्ध पदाधिकारी लगायतको उपस्थतीमा कार्यक्रम सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार