४५ लाखमा बनेको समुदायिक भवन हस्तान्तरण


सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ्गल्हमू गाउँपालिका–३ घाटमा करिब ४५ लाखको लागतमा निर्माण गरिएको समूदायिक भवन हस्तान्तरण गरिएको छ । नवनिर्मित भवन सगरमाथा राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई, गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पा र उपप्रमुख टासील्हामु शेर्पाले संयुक्त रुपमा उद्घाटन गरी आर्यतारा महिला समूहलाई हस्तान्तरण गरिएको निकुञ्जका कर्मचारी मिश्रकाजी तामाङले जनाकारी दिनुभयो ।

भवन हस्तान्तरण गर्दै प्रमुख अतिथि तथा सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले मध्यवर्ती क्षेत्र व्यावस्थापन समिति भित्र भवन निर्माण कार्य नुमना कार्य भएको भन्दै खुःशी व्याक्त गर्नुभयो । उहाँले यस्ता काममा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै, गाउँपालिका प्रमुख ङिमदोर्जी शेर्पाले देशकै मुख्य आर्थिक स्रोतको रुपमा रहेको र विश्वले ध्यान खिच्ने खुम्बु क्षेत्रलाई विकास र संरक्षण गरी विश्वमा चिनाउन आफ्नो तर्फबाट सक्दो पहल गर्नुे बताउनुभयो ।

सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यबस्थापन समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाको अध्यक्षता भएको हस्तान्तरण कार्यक्रमा संरक्षण क्षेत्रमा बिशेष योगदान दिएका खुम्बु पासाङल्हामु गाउँपालिका प्रमुख ङिमदोर्जी शेर्पा, वडा नं ३ का अध्यक्ष मिङमाछिरी शेर्पा र कार्यपालिका सदस्य तथा प्रवक्ता ल्हाक्पा छिरी शेर्पालाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार