काँग्रेस नेता शेर्पाको अन्त्येष्टी


सन्तोष राउत/सोलुखुम्बु । नेपाली काँग्रेसका नेता फुनुरु शेर्पाको आइतबार काठ्माण्डौँको जम्बुडाँडामा शेर्पा परम्परा अनुसार अन्त्येष्टी गरिएको छ ।

शेर्पाको पार्थिव शरिरमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । श्रद्धाञ्जली अर्पण गर्न ४५ देसका महावाणिज्य दुतका डीन आङछिरिङ शेर्पा, नेपाली काँग्रेसका नेता आङगेलु शेर्पा, प्रकाशसिं कार्की, नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झा लगायतको उपस्थिती रहेको थियो ।

खुम्बु पासाङल्हमू गाउँपालिका–२ लुक्ला निवासी एवम् तारा एयरलाइन्स लुक्लाका स्टेशन इन्चार्ज शेर्पाको ब्याङ्ककमा उपचारको क्रममा यही पुष २५ गते ४७ बर्षको उमेरमा निधन भए होे । उहाँलाई केही समय देखि कलेजोमा समस्या देखिएको थियो ।

शेर्पा गएको स्थानीय तहको निर्वाचनमा काँग्रेसको तर्फबाट वडा अध्यक्षको उमेदवार हुनुभएको थियो । शेर्पाको मृत्यूले नेपाली काँग्रेसलाई ठूलो क्षति पुगेको भन्दै तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झाले शेर्पा मिलनसार र सहयोगी भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार