वृद्धा आश्रममा निःशुल्क स्वास्थ्य शिविर


काठमाडौँ । काठमाडौँको सुन्धारामा रहेको काठमाडौं न्युरो तथा जनरल अस्पातलले शत्प्रायाशबाट सञ्चालित वृद्धा आश्रममा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शत्प्रयासले बिगत लामो समयबाट काठमाडौंको टेकुमा वृद्धाहरुको लागि आश्रम सञ्चालन गरिरहेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सो ठाउँमा शिविर सञ्चालन गरिएको अस्पतालले जनाएको छ । अस्पतालले स्वास्थ्य शिविरमा हेरिएका कुनै पनि बिरामीको परीक्षण गर्नु परेमा ३० प्रतिशत छूट गदिनु भएको छ भने शल्यक्रिया गर्नु परेको अवस्थामा अस्पतालले बिरामीहरुलाई १५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।

समाजमा एक अर्कामा सामाजिक सहयोगको भावना हट्दै गएको अवस्थामा हामीले हाम्रो सामाजिक उत्तरदायित्वलाई कहिल्यै नभुल्ने बाचा गर्दै यस्ता शिविरको माध्यामबाट स्वास्थ्य सेवाबाट बञ्चित नागरिकहरुलाई सेवा दिन पाउनु नै गर्भको कुरा हो –अस्पतालका प्रमुख लक्ष्मण महर्जनले भन्नुभयो ।

काठमाडौँ न्युरो तथा जनरल अस्पातलले यसअघि पनि स्वास्थ्य सेवाबाट बञ्चित नागरिकहरुलाई निःशुल्क जाँच र औषधी वितरण गरेको थियो । शिविरमा दम तथा छाती विशेषज्ञ, न्युरो सर्जन, जनरल फिजिसियन, प्रसुती रोग, दन्तरोग विशेषज्ञहरुले बिरामीलाई सेवा दिनु भएको थियो ।

नेपालले स्वास्थ्यको क्षेत्रमा उल्ख्येनीय प्रगति गर्न नसकिरहेको अवस्थामा स्वास्थ्य क्षेत्रमा माथि आउनको लागि सबै क्षेत्रबाट एक अर्कामा सहयोग गर्दै जानु पर्ने अस्पतालका संयोजक उमेश खत्रीले जानकारी बताउनुभयो । काठमाडौँ न्युरो तथा जनरल अस्पातलले यस्ता शिविरहरु बाहिरका जिल्लाहरुमा पनि लैजाने खत्रीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार