फुटबलको उपाधी नेविसङ्घलाई


सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको जुबुमा नेपाल विद्यार्थी सङ्घ हिमालय मावि र जनकल्याण माविको संयुक्त अयोजनामा सोलुखुम्बको निर्वाचन क्षेत्र क अन्तर्गत भएको मैत्रीपुर्ण फुटबल खेलको उपाधी नेपाल विद्यार्थी सङ्घ जुबुले जितेको छ ।

खेलमा नयाँ शक्ति विद्यार्थी नेपाल दोस्रो र नव स्टार यूवा क्लब तेस्रो भएको आर्थिक व्यवस्थापक भानुभक्त उपाध्यायले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुनेले नगद २५ हजार, १५ जहार र १० हजार रुपियाँको साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । यूवाहरुलाई खेलका माध्यामाबाट अघि बढाउने उद्देश्यले खेलको आयोजना गरिएको उपाध्यायले बताउनुभयो ।

वडा अध्यक्ष तथा काँग्रेसका यूवा नेता नातीकाजी गुरुङले फुटबल खेल सबैले मन पराउने खेल भएकाले यूवालाई भातृत्वको भावना जगाएर समाजलाई सकरात्मक गति दिन खेलको आयोजना भएको बताउनुभयो ।

नेपाली काग्रेसका जिल्ला सभापति विनोद बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको खेलमा विशिष्ट अतिथिमा थुलुङ दुधकोशी गाउँपालिकाका उपाध्यक्ष सविता राई, वडा अध्यक्ष नातीकाजी गुरुङ, काँग्रेस नेता इन्द्रबहादुर गुरुङ, नेविसंघ केन्द्रिय उपाध्यक्ष पवनकुमार यादव, नेविसंघ सहमहामन्त्री अम्बिका चलाउने, केन्द्रीय सदस्यहरु गीता गुरुङ, प्रेम शाही र मेघा शाही रहनु भएको जनकल्याण माविमा इकाईका अध्यक्ष बलदहादुर वनले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार