काठ्माण्डौँ । नेपाली काङ्गे्रसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको ११ औं केन्द्रिय समितिको विघटन भएपछि १२ औँ महाधिवेशन सम्पन्न गराउन निर्माण हुन लागेको तदर्थ समितिमा राजिव ढुङ्गानाको सम्भावना बढ्दै गएको छ ।
नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष समेत रहेका ढुङ्गानालाई अध्यक्षका लागि विद्यार्थी तथा पार्टीका वरिष्ठ नेताहरुको नजिकमा रहेकाले सम्भावना बढेको उहाँ निकट एक नेताले जानकारी दिनुभयो ।
सालीन र भद्र स्वाभावका ढुङ्गानालाई अधिकाँश जिल्ला अध्यक्ष, क्यामपस इकाई अध्यक्ष, नेविसंघका पुर्व पदाधिकारीहरुको समर्थन रहेकाले उहाँको सम्भावना बलियो भएको किट स्रोतद्वारा दाबी गरिएको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सम्पूर्ण वरिष्ठ नेताहरुसँग सल्लाह गरी ढुङ्गनालाई तदर्थ समितिको अध्यक्ष तोक्ने पक्का भएको स्रोतको दाबी छ ।
ढुङ्गाना अध्यक्ष भएमा अधिकाँश विद्यार्थीहरुको अधिकार र समस्याको व्यावहारिक समाधान हुने ढुङ्गाना निकटका एक विद्यार्थी नेताले बताउनुभयो ।