गजरकोटेको ‘चरीभए देखि’ बजारमा (भिडियो सहित)

सोलुखुम्बुमा कर्मथलो बनाउनुभएका शिखर गजरकोटेको सृजनामा दोहोरी गीत ‘चरीभए देखि’ बजारमा आएको छ । गजरकोटेको शब्द र भाकामा तयार भएको गीतमा विकास परियार र प्रिया सेन्चुरीको स्वर रहेको छ ।

गीतमा प्रेमिल जोडीको शुरुवाती छटपटीलाई समाबेश गरिएको छ । परिवार र निगरानीमा पिरति झाँगिन नपाएपछि चरीको कल्पना गरिएको छ । स्वतन्त्र चरी भए स्वतन्त्र रुपमा पिरति गाँस्ने चाहनालाई व्यक्त गरिएको छ । भिडियोलाई अनिता बस्नेतले निर्देशन गर्नुभएको छ।

महिमा म्यूजिक प्रा.लि. मार्फत डिजिटल बजारमा आएको गीतमा आयूष खाति र सरस्वती फुँयालले अभिनय गर्नुभएको छ। पानी मिठो यारी खोलाको, नाम पछाडी थर, माया टाढा भो, पिरतिको साईनो, छाता थेन, तनहूँ गजरकोट, डाँडै फुल्यो पैँयू, चुल्ठो, पुर्वेली कान्छी, बार लाउ है मायाले, हावापानीले, बाँसको चोयाले लगायतका मन पराएका दर्जनौ लोक सृजना गजरकोटेले बजारमा ल्याउनुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार