नेविसंघको आव्हानमा जिल्लाका शैक्षिक संस्था ठप्प


हिमशिखर समाचारदाता । नेपाल विद्यार्थी संघ सोलुखुम्बुले विद्यार्थी हितका १५ बुँदे साझा माग राखी गरेको जिल्लाव्यापी शैक्षिक संस्था बन्द आव्हानका कारण जिल्लाका सबै शैक्षिक संस्थाहरु ठप्प भएका छन् ।

नेविसंघले बन्द पूर्ण सफल भएको भन्दै विज्ञप्तीमा भनेको छ, ‘हामीले उठाएको मागहरु पुरा गराउन अनौपचारिक, औपचारिक संवादका माध्यमबाट सम्बन्धित निकायहरुमा दबाव सृजना गर्ने कार्य जारी रहने छ । त्यतिले पनि हाम्रा मागहरु पुरा नभए पुनः थप शसक्त आन्दोलनका साथ हामी विद्यार्थीहरु माझ आउने प्रतिबद्ध छौँ ।’

मागसँग सम्बन्धित सबै निकायहरुलाई जिम्मेवारी पुर्वक मागहरुको सम्बोधनका लागि पुनः ध्यानाकर्षण गराउदै जिल्लाभरीका सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावकहरु तथा नागरिक समाजले मागहरुप्रति जनाउनु भएको एक्यबद्धता एवं समर्थनका लागि सबैमा धन्यवाद ज्ञापन गर्दछौ –बिज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार