हिमशिखर समाचारदाता
सोलुखुम्ब । प्रदेश नं १ का आर्थिक मामिला तथा योजना विकास मन्त्री ईन्द्रबहादुर आङबोले अहिले मुलक गम्भिर आर्थिक सङ्कटमा रहेको बताउनुभयो । सरकार देसको आर्थिक सङ्कट समाधानका लागि योजनाबद्ध विकासमा लागेको उहाँको भनाइ छ ।
फ्रेण्डसीप यूथ क्लब सोलुखुम्बुको आठौँ वार्षिक उत्सव तथा फ्रेण्डसीप अवार्ड २०७५ का अवसरमा सोलुखुम्ब आउनुभएका मन्त्रि आङ्बोले देसको गरिबी, बेरोजगार र पछौटेपनको समस्यालाई समाधान गर्दै विकास र समृद्धिको बाटोमा देसले अब गति लिने उहाँको दाबी छ । उहाँले व्यापार घाटा दिनप्रतिदिन बढिरहेको भन्दै नेपाली अर्थतन्त्रमा सुधारका महत्वपूर्ण काम भइरहेको जानकारी दिनुभयो ।
देसमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरुले गति लिएको दाबी गर्दै मन्त्रि आङ्बोले अहिलेनै पाँच वर्षमा गर्ने विकासको नतिजा खोज्न नहुने बताउनुभयो । मन्त्री आङबोले सोलुको विकासको मुख्य आधार नै पर्यटन र कृषि भएकाले प्राथमिकतामा राखेर बजेटको व्यवस्था गर्ने आश्वासन दिनुभयो ।
कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले सरकारको सममृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्नका लागि स्थानीय तहमा बजेट बढाउनुपर्ने बताउनुभयो । कूल बजेटको ५० प्रतिशत बजेट स्थानीय तहमा पठाउने व्यवस्था मिलाउन उहाँले आग्रह गर्नुभयो । प्रदेश सरकारले विनियोजन गरेको बजेट कार्यान्वयनमा आउन नसक्नु दुखद भएको धारणा राख्नुभयो ।
थुलुङदूधकोशी गाउँपालिका अध्यक्ष असिम राईले सोलुखुम्बुको विकासको लागि सडकमा दुधकोशी करिडोर र विद्युतमा सोलु करिडोरको काम द्रुत गतिमा हुनुपर्ने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।