विरामीलाई फलफूल तथा कैदीलाई पुस्तक र खेलकुद सामग्री वितरण (भिडियो सहित)


सन्तोष राउत/सोलुखुम्बु। जी.पि. कोइराला फाउण्डेसन सोलुखुम्बुले जिल्ला अस्पताल फाप्लुका विरामीलाई फलफूल तथा जिल्ला कारागार सोलुखुम्बुका कैदीबन्दीलाई पुस्तक र खेलकुदका सामग्री वितरण गरेको छ । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९ औँ स्मृति दिवसका अवसरमा सोमबार विहान अस्पतालको आकस्मिक तथा जनरल वार्डमा भर्ना भएका विरामीलाई जुस, फलफूलको प्याकेटको साथमा नगद रकम वितरण गरिएको हो ।

सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पा र फाउण्डेसनका अध्यक्ष चोलेन्द्र कार्की सहति अस्पताल पुगेको टोलीले फलफूल तथा नगद रकम दिँदै शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । त्यस क्रममा अध्यक्ष कार्कीले भर्खरै जिल्लामा स्थापित भएको शाखाले विरामीलाई सेवा गर्न पाउँदा खुशी लागेको भन्दै यस्तै मानव हित र सामाजिक परिवर्तनका लागि निस्वार्थ सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै, नगरपालिका प्रमुख शेर्पाले अस्पतालमा भर्ना भएका विरामीलाई गरिने सेवा पुण्यको काम भएको बताउनुभयो । उहाँले कारागारमा कैदीबन्दी जिवन बिताइरहेकाहरु पनि मानव भएकाले त्यसभित्र बसेर विभिन्न दर्शनका पुस्तक अध्ययन गरी जेल जिवनबाट फर्कदा सच्चा नागरिक भएर समाजमा स्थापित हुन सक्ने बताउनुभयो । उनीहरुलाई बाहिर निस्केर शारीरिक करसत गर्ने अवसर नहुने भएकाले भित्र खेलिने खेल सामग्रीले स्वस्थ रहन सहयोग मिल्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार