बोल्ने भन्दा काम गर्नुपर्छ, सबै भन्दा बढी सहयोग गर्छु-कांग्रेस नेता कार्की (भिडियो सहित)

नेपाली कांग्रेसका नेता तथा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य प्रकाशसिं कार्कीले गर्न दलीय स्वार्थ भन्दा माथि उठ्नुपर्ने बताउनुभयो । जनताको हित हुने काम जुन पार्टी र जसले गरे पनि त्यसलाई सबैले सहयोग गर्नुपर्ने  भन्दै सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा निर्माण हुने अस्पतालका लागि व्यक्तिगत रुपमा सबै भन्दा बढी सहयाग गर्ने बचन दिनुभयो ।

राम्रो काम जसले गरे पनि आफुले सहयोग र समर्थन गर्ने बताउने नेता कार्कीले अस्पताल बनेपछि त्यस क्षेत्रका जनताको स्वास्थ्य उपचारमा सहज हुने बताउनुभयो । नेता कार्किले अस्पताललाइ सहयोग गर्न सबैलाई आग्रह गर्दै जनतालाई राहत पुग्ने सामाजिक काममा हातेमालो गर्नु खुशिको कुरा भएको समेत बताउनुभयो । उहाँले आफू बोल्ने भन्दा काममा विश्वास गर्ने भएकाले अस्पताल सञ्चालनसम्मको सक्दो सहयोग रहने उहाँको भनाइ छ ।

५० शैयाको सुबिधा सम्पन्न अस्पतालको निर्माणका लागि थुलुङदुधकोशी गाउँपालिकाको मुक्लीमा सप्ताहव्यापी श्रीमत भागवत् महायज्ञको आयोजना गरिएको छ । महायज्ञबाट सहयोग सङ्कलन गरी अस्पताल निर्माण गर्ने लक्ष्य राखिएको छ ।  अस्तापलका लागि स्थानीयले २३ रोपनी जग्गा निशुल्क प्रदान गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार